दैलो नाघेपछी
खुपेन सुनुवार
पाखा-थोक। माथी शिवपुरी डाँडाको फेदीमा छ पाखा-थोक। गितीनाटक “जिवित पत्थर” को सुटिँग तयारी हुँदैछ। बिहानै देखी गोमादिदीको कटेरामा गाम्लेहरू भेला भएर हल्ली खल्ली गर्दैछन। लाल बहादुरको स-परिवार नै बेसिगाउ बाट हुल बाँधी हामी फाली आएकाछन्। श्रीमती सन्तमाया धुँवा तान्दै-उडाउदै जाँतोको छेउमा, उन्की सासु मनमाया उस्कै छेउमा मकै छोडाउदै ,देवर्नी पद्म माया ओख्लीमाधान कुट्दै , छोरी किसोरी र बुहारी बधु कुमारी कालो बँगुरको मासुललाई कालो कराईमा पर्रपर्र भुट्दै छन। त्यतिनैखेर लाल बहादुरकोनाती अम्बरेले पालै पालो दुईटा रातो भाले रेटेर डेक्चीमा उम्लेको पानीमा तिनपटक चोपल्दै सहपाठी खुत्तमानलाई खुल्याउन दिन्छ।माहोल यसरी उम्लेको छ कि पाखा-थोकमा आज सानोतिनो ठुलै वन-भोज हुदैछ।
मध्याह्नको चर्को घामले सबैलाई चिमोटेर लखतरान पारिराखेको बेला माथ्लो गोरेटोमा स्कर्पियो जिपको आवाजले सबैको ध्यानलाई गोरेटोमै फिजाईदिन्छ। सबैजना जर्याक जुरूक उठेर सुटिँग टोली आयो है आयोस भनी कराउन थाल्छन। जिपबाट सबैलाई अभिवादनगर्दै ओर्लिछन प्रोडक्शन म्यानेजर मान बहादुर र उन्का क्रान्तिकारी प्रोडुसर नकाब साथमा डिरेक्टर भाई गोपाल मेकअम आर्टिस्ट मधु रलाईटसम्यानहरू पनी हात जोड्दै गोमा दिदीको कटेराभित्र पस्छन। अझ केही कलाकारहरू मोटरबाईकमा पछाडी आउदै थिए क्रमशस् नायक प्रचण्ड र नायिका वसन्ती अनी अर्को एसिसटेन्ड डायरेक्टर निराजन।
जिपबाट सबैले हातेमालो गर्दै लामबद्ध भएर सुटिँग सामाग्रीहरू ओर्सानथाले। ट्रली, लाइट्स ,ट्राईपड, क्यामेरा, ल्नेस ब्याग, रिफ्लेक्टर, आदी ईत्यादी सबैलाई सुरक्षित स्थानमा अवतरण गरेपछी सानो टिम ब्रिफ हुन्छ। सबै जना भोकाएको र तिर्खाएका देखिन्थे औ मानबहादुरले खाना खाएपछी मात्रै सुट गर्ने घोषणा गरे। सबै जना खाना खाँदै मस्त थिए तर डायरेक्टर भाई गोपाल भने अलकत्रा लिपेकोअनुहार लिएर गहिरो सोचमा परेजस्तो देखिन्थ्यो। उस्का हातले समातेको चम्चाले खाना ओल्टाई पल्टाई धेरैपटक गर्यो तर एक गाँस पनीमुख भित्र पसेन। उस्लाई के पिर पर्यो थाहा छैन तर नकाबलाई भने उस्को अक्रियशिल मनस्थिती र एकोहोरो व्यवहारले ठुलै पिरपरिरहेको छ। समय यसरी कुदीरहेछ मानौ कुनै फ्यास्ट ट्रायकको लिगमा दगुरिरहेको ट्रेन जस्तो तर भाई गोपालको ध्यान चै अन्तै कतैटाढा पुगेर अलमल्लमा परेको मनुवा जस्तो गतिशील र थकित देखिन्छ।
सुटिँग सुरू हुन्छ। क्यामरा……रोलिँग….एक्सन….. किन भाई गोपालको आवाज आज दबेको छरु किन भाई गोपालको मस्तिष्कआज जमेको छरु किन भाई गोपाल काम गर्न सकिरहेको छैन रु बिना कारण घरी लाईटसम्यानलाई, घरी लाल बहादुरलाई चर्को चर्कोस्वरमा कराउछरु दिनको तेस्रो प्रहर बित्न लाग्दा पनी कुनै एउटा सट पनी क्मलिट हुन सकेको छैन। भाई गोपालको हातमा स्क्रिप्ट छ तरउस्ले एकपटक पनी त्यो पढ्ने चेष्टा गर्दैन मात्र छिन छिनमा ठुलो पराजयको लामो खुई काट्छ।
भाई गोपालको त्यो अवस्था देखेर पाँच मिनेट ब्रेक लिने आग्रहलाई नकाबले स्विकारेको ईशारा गर्छ। अब नकाब मुरमुरिन्छ उस्को रउस्को समुहको ठुलो लगानी छ यो गिती नाटकमा। भाई गोपालको अप्रत्याशित व्यवहारप्रती उ कत्तिपनी सन्तुष्ट छैन यसकारण उस्लेअव भाई गोपाललाई प्रेसर दिन सुरू गर्छ। तिमी किन कनफ्युजनमा छौ भाईरु काम चाँडो हुनुपर्यो, घाम डुब्न लागिसक्यो, कुनै कामढँगले भएको छैन, तिम्ले आएदेखी एक पटक पनी स्क्रिप्ट खोलेको छैनौ, तिम्रो ध्यान किन सुटिँग मा छैनरु यि सबै कुरा एकै सासमाआगो झैँ ओकल्छ नकाब तर प्रतिक्रया भने सुन्य….सुन्य …. मौन……मौन….. सन्नाटा। हो, भाई गोपाल रूख झै ठिँग उभिएर बसेको छ।
भाई गोपालको गैर-जिम्मेवार पुर्ण व्यहार प्रती रूढ भएर नकाबले तुरून्तै भाई गोपालको स्थान बदर गरेर सहायक निराजनलाई नियुक्तगर्छ। अव भाई गोपाललाई के भएछ भन्ने कुरा बुझ्नको लागी मान बहादुरले भाई गोपाललाई कुनामा तान्छ। मान बहादुर भन्छस ल भनए१ गोपाल आज के भो तँलाई रु भाई गोपाल अनयास डाँको छाडी रून थाल्छ र सविस्तार आफ्नो रामकाहनी सुनाउछ।
यतिकैमा नकाब आउछ। भई गोपाल रोएको देखेर छक्क पर्दै सोध्छ के भएछ मान बाहदुर दाई भाई गोपाल लाई रु जवाफमा मान बहादुरन्यास्रो अनुहार पारेर भन्छस बिचरा भाईको परसनल प्रबलम रैछ नकाब। झोंकिदै नकाब भन्छस पर्सनल प्रबलमलाई प्रोफेसनल काममाल्याउनु हुँदैन घरको दैलो भित्रै थुनेर आउनपर्छ। अनी मुख बिगार्दै मान बहादुर भन्छस हैन नी नकाब सुन् न याहा समस्या दैलो भित्र थुन्नेहोईन, समस्या नै दैलो नाघेर हिजै राती हिडेर पो बर्बाद भयो त। मानबहादुर र भाई गोपाल एकै पटकमा खुम्चिएको अनुहार नकाब तर्फ तेर्साउछन। नकाब जवाफहिन हुन्छ र शिर झुकाएर मन मनै भन्छस मलाई माफ गर है भाई गोपाल तिम्रो व्यक्तिगत समस्या बुझ्ने प्रयासनगरेकोमा मलाई पछुतो छ।
हिजो राती मिसेस गोपालले दैलो नाघेर गएको कुरा त्याँहा एक कान दुई कान हुँदै मैदान भरी फैलिएको थियो। तर कसैले पनी भाईगोपाललाई उपरान्त केही भन्ने साहस गरेन।झ्वाँम्म साँझ पर्छ र रातले मनौता छर्छ तर भाई गोपालको मनमा भने ठुलो आँधी हुरी चल्छ।