A Time Of Spiritual Warfare

A Time Of Spiritual Warfare

February 14, 2022

रेशम तामाङ्ग

युद्ध भन्ने बितिकै तपाई हाम्रो मनमा के कुरा आउछरु शत्रु, बन्दुक, गोली, बम बारुद, पिट्ने, मार्ने, काट्ने, हारजित, डर, त्रास आदि इत्यादि। हामी मध्ये प्रयालाई थाहै छ केहि वर्ष अगाडि हाम्रो देशमा भएको गृह युद्ध बारे। जसमा राज्य र तत्कालीन भुमिगत सशास्त्र समुहको तर्फबाट लगभग १६००० जना नेपाली मारिएको थियो। कतिले आमा बुवा गुमाए, कतिले छोरा छोरी गुमाए र कतिले श्रीमती गुमाए त कतिले श्रीमान गुमाए। जसले जे गुमाए पनि आखिर एक नेपाली सन्तान गुमाए। नेपाली गुमाए।

आज तपाई हामी यहि युद्धको बारेमा हेर्न गइरहेका छौ। तर पृथक युद्ध। बन्दुक, बम बारुद बिनाको युद्ध। हो हामी शरारिक वा भौतिक युद्ध होइन तर हामी पूर्ण आत्मिक युद्धको बारेमा कुरा गर्ने छौ।
गएको केहि दिन अघि हाम्रो देशमा अनि श्रीलंकमा घटेको घटनाहरुले स्पष्ट रुपमा आत्मीक युद्ध सुरु भएको संकेतिक घोषण गरेका छन्।
विभिन्न समुहद्धारा धार्मीक निरपेक्षता सहितको संविधानलाई जलाउनुको साथ साथै हिन्दु राज्यको माग गर्दै प्रदर्शन जारी।
एस्टर सण्डेको दिन श्रीलंकको राजधनीमा ख्रीष्टियन समुदायलाई लक्षित गर्दै विभिन्न ५ ठाउँमा बम पड्काएको थियो। जसमा २९० जना मारेका थिए भने ५०० भन्दा बढि घाइते भएको थियो।
केहि हप्ता अगाडि दुईजना विदेशी सहित पाँच जनालाई झुटो आरोप लगाई दाङमा पक्राउ गरेका थियो। जसमा ख्रीष्टियन महासंघका महा–सचिव डिल्लीराम पौडेल पनि थिए।

यो घटनाहरुले के देखाउछन् भने हामी आत्मिक युद्ध मैदानमा छौ भन्ने हो। हाम्रो शत्रु, दुश्मन ति हिन्दु राज्य घोषण गर्नु पर्छ भन्नेहरु होइन, हाम्रो शत्रु वा दुश्मन ति बम पड्कउनेहरु होइन, हाम्रो दुश्मन ति हाम्रा जनहरुलाई झुटो आरोप लगाएर जेल हल्नेहरु होइन तर तिनीहरु भित्र भएका शैतानी सँग हो, तिनीहरुलाई उक्साउने दियाबलस सँग हो। अनि हाम्रो लडाई वा युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरुका विरुद्ध, शक्तिहरुका विरुद्ध वर्तमान अन्धकारका संसारिक शासकहरुका विरुद्ध र स्वर्गीय स्थानहरुमा भएका दुष्टयईका आत्मिक सेनाहरुका विरुद्ध हो। आमेन

तपाई र म परमेश्वरले उहाँको सन्तानहुनलाई, साथी हुनलाई, राजदुतहुनलाई मात्र सृष्टि गर्नु भएको होइन, तर उहाँको एक सच्चा योद्ध हुनलाई, सिपाही हुनलाई, आत्मिक लडाई लड्नको लागि पनि हो। २ तिमोथी २ः३–४ ख्रीष्ट येशुको असल सिपाहीझैं दुःख भोगमा हामीसँग सहभागी होऊ। सेनामा भर्ना भएको सिपाही अरु धन्दामा अल्झैदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ।

यसर्थ हामीले आज विहानी सोच्नु नितान्त आवश्यक छकि हामी कसका लागि के गर्दै छौरु हामी माथि झुटो आरोप लगाउनेहरुको शासकहरुको विरुद्ध लड्नु छ, हाम्रो दाजुभाई तथा दिदि बहिनिहरुको भौतिक शरिर जाने गरि बम विष्फोट गराउनेहरुको प्रधानताहरुको विरुद्ध लड्नु छ। धर्म निरपेक्षतालाई खारेज गर्नु पर्छ भनि उफ्रिनेहरुको शक्ति विरुद्ध लड्नु छ। यसैले तपाईहरुलाई मेरो अनुरोध छ, पहिला तपाई आफैसँग जित्नुहोस्। तपाई आफै माथि विजय घोषण गर्नुहोस्। ध्ष्ल थयगचकभाि। पिता, पुत्र र पवित्र आत्मा, त्रिएक परमेश्वर नै हाम्रो मुक्तिदाता हो भनि जित्नुहोस्। येशु ख्रीष्ट नै तपाई हाम्रो एक मात्र मध्यम हो जसद्धारा अनन्त जीवन पाउछ भन्ने कुरामाथि विश्वासको विजय घोषण गर्नुहोस्।

जब सम्म तपाई आफैसँग जित्नु हुन्न तब सम्म तपाई येशु ख्रीष्टको महान आज्ञामा हिड्न सक्नु हून्न। किनकि तपाई माथिको विजयले मात्र तपाईलाई ‘प्रकाश’ पाउछन्। आमेन
येशु ख्रीष्टको सबै भन्दा महान आज्ञा भनेको मत्ती २८ः१८–२०, …….. स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। यसकारण जाओ, र सबै देशका जातिहरुलाई चेला बनाओ,पिता र पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। मैले तिमीहरुलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरुलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैं तिमीहरुका साथमा छु।

यहाँ निर राम्रो सँग हेर्ने हो भने प्रभु येशु ख्रीष्टले तपाई र मलाई आत्मिक युद्धको निम्ति तयार हुनको लागि भनिरहनु भएको छन्, आत्मिक युद्धामा जानु भनि भनिरहनु भएका छन्। यहाँ निर प्रभु येशुले हामीलाई जाऊ भन्दैहुनुहुन्छ। आऊ होइन। आर्मी वा सिपाहीको भाषामा भन्ने हो भने तपाई र मेरो सर्वोच्च कमण्डरले हामीलाई आदेश दिदैहुनुहुन्छ। यो आदेश हो अनुरोध हाईन। त्जष्क ष्क बल ुयचमभचु लयत ब ुचभत्रगभकतु।

के तपाईहरु, हाम्रो सर्वोच्च कमाण्डरको आदेश अनुसार आत्मिक युद्ध मैदानमा जान तयार हुनुहुन्छरु यदि उहाँको आदेश मान्न तयार हुनुहुन्छ भने, आत्मिक युद्धको लागि तयार हुन आवश्यक छन्। किनभने उहाँको आदेश भनेको जाऊ हो आऊ होइन। जानका लागि हामी तयार हुन अति आवश्यक छन्।

जसरी संसारिक रुपमा कोहि सिपाहीमा भर्ना भईसकेपछि केहि महिना वा वर्ष तयारी हुनलाई तालिम लिन्छन् त्यसरी नै हामी पनि तालीम लिई आफ्नो विश्वासमा, आफ्नो लक्ष्यमा, आफ्नो मुक्तिमा र आत्मिक युद्धामा तयारी हुन नितान्त आवश्यक छन्। मैले अघि नै भनि सकेको छु कि हामी आत्मिक युद्धको मैदानमा छौ यसर्थ तपाईको घर परिवारमा, मण्डलीमा कति खेर कहाँबाट तपाईको विश्वास माथि बम बारुद प्रहार हुने हो कसैलाई थाहा छैन। यसैले तपई तयारी अवस्थामा नरहेको खण्डमा युद्ध मैदानमा तपाईको विश्वासको झण्डा एका–एक रुख ढले झै ढल्ने छन्। तपाईको क्रुस अंकित मुक्तिको मुकुट दुष्टहरुले खोसिनेछन्।

बाईवलले आत्मीक युद्धको लागि कसरी तयार गर्ने भनेर पनि हामीलाई सिकाउनु भएको छ। पावलले एफिसीको विश्वासीहरुलाई तयार हुने कुरा यसरी वर्णन गर्नु भएको छ।,
एफिसि ६ः१०–१७ अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामथ्र्यमा बलवान् होओ। दियाबलसका युक्तिहरुका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर। किनकि हामीहरुको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरुका विरुद्ध, शक्तिहरुका विरुद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरुका विरुद्ध र स्वर्गीय स्थानहरुमा भएका दुष्ट्याईका आत्मिक सेनाहरुका विरुद्ध हो। यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खडा हुन सक्ने होओ।

यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती–पाता लाएर खडा होओ, र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ। साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरु दुष्टका सबै अग्निवाण निभाउन सक्नेछौ मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लोओ, जोचाँहि परमेश्वरको वचन हो।

प्रभु येशु ख्रीष्टले दुई हजार वर्ष अगाडि नै तपाई हामी माथि हुन सक्ने आत्मिक युद्धको बारेमा अगमवाणी गर्नुभएको थियो। जो अहिलेको समयमा पुरा हुदै छन्। यसकारण पावलले एफिसिको पुस्तकमा उल्लेख गरे झै सत्यता, धार्मिकता, मिलाप, विश्वास र मुक्ति जस्ता हतियारलाई आत्मासाथ गर्नु पर्नेछ। किनभने हामीलाई अनेक किसिमका झुटो आरोप लगाउनेहरुलाई सत्यले जित्नु छ। हाम्रो विरुद्धमा लाग्नेहरुलाई घृणा गरेर होइन तर ख्रीष्टिय प्रेम देखाएर जित्नु छ। आफ्नो दाजुभाई तथा दिदीबहिनिहरुको बिचमा फुटाउको आत्मा फैलाउनेलाई मिलापको सुसमाचारले जित्नु छ। हामीलाई तुच्छा ठान्नेहरुलाई मुक्तिको टोपले जित्नु छ। हामी माथि शंका उपशंका गर्नेहरुलाई विश्वासले जित्नु छ।

यसैले ‘सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उदेश्यले लगनशील र सतर्क भएर सबै सन्तहरुका निम्ति प्रार्थना गरिरहो।’

याद गर्नुहोस् घृणाले कसैको हृदय जित्न सक्दैन। प्रेम र मिलाप नै एक मात्र असल र प्रभावकारी सुत्र हो। हामीहरुको काम अरुलाई घृणा गर्नु होइन तर ख्रीष्टिय प्रेम देखाउनु हो। मुक्तिको टोप लगाओ भन्नुको स्पष्ट अर्थ तपाई र म यस धर्तिमा हुन्जेल सम्म एक असल ख्रीष्टिय उदाहरण जिवन जिउनु हो। उदाहरण तब हुन्छ जब तपाई र मेरो जिवन सबैको समुन्ने असल हुन्छ।

नोटः केहि महिना अगाडि मण्डलीमा दिएको वचनको अंश हो। 03/05/2019