Why Should We Live a Life of Obedience?
हामी अहिले २१औं शताब्दीमा छौ। यसलाई आधुनिक युग भनेर बुझ्छन् मानिसहरु। चरम अवस्थामा प्राविधिकको प्रयोग भएको समय हो। भलाई हाम्रो देशमा यसको पूर्ण उपयोग भएको छैन। यो युग प्राविधिमा यति अगाडि गइसक्यो कि तपाई र मैले सोच्न पनि भ्याएको छैनन्। चालक बिनाको गाडी, विमन चालक बिनाको प्लेन, चन्द्रमामा बस्ती बसाउने अमेरिकाको योजना एक उदाहरणको रुपमा लिन सकिन्छ। तपाई हामी सबैको हात–हातमा भएको मोबाईल पनि प्राविधिको एक चमत्कार नै हुन्। जसले तपाईलाई संसार भरि भइरहेको खबर एक सेकेन्ड भित्र दिन सक्छन्। संसारको जुन कुनामा बस्ने मान्छे सँग पनि मिनेट भित्र सम्पर्क गर्न सकिन्छ।
यो युग विभिन्न किसिमका शक्तिशाली अणविक बम बारुदहरुको युग हो। यस्तो हातहतियारहरु निर्माण भएका छन्, जस्ले यो विश्वलाई केहि घण्टा भित्र पूर्णरुपमा नष्ट गर्न सकिन्छ। पेस्टोल, बन्दुक वा राईफल त समान्य हतियारहरु मात्र हुन। सुन्दा अचम्म लाग्न सकिन्छ तर सत्य कुरा के पनि हो भने सत्रुलाई प्रहार गर्नको लागि अहिले हावामा पठाउने एक किसिमको भाइरस पनि तयार गरेका छन्। ड्रोनबाट क्षेप्यस्त्र प्रहार गर्नु यो युगमा साधारणकै रुपमा लिन सकिन्छ।
यो युग आफ्नो अस्तित्व खोज्ने युग पनि हो। जहाँ विभिन्न किसिमका जातहरुले आफ्नो अस्तित्व पाउनको लागि संघर्ष वा युद्धा गर्छन्। आफ्नो पुर्खाहरुको इतिहास खोज्छन्। जहाँ विभिन्न फरक समुदायले आफ्नो धर्मको अस्तित्व खोज्छन्। जसका लागि उनिहरु जोसँग पनि जति खेर पनि संघर्ष वा युद्ध गर्नका लागि तयार हुन्छन्। यो युग आफ्नो पुर्खाहरुले अर्जेका पैत्रिक सम्पती खोज्ने युग हो। जहाँ आफ्नै दाजुभाईहरु सम्पतीको लागि झगडा गर्छन्। जहाँ राष्ट्र–राष्ट्रहरु आफ्नो देशको सिमानाको लागि लडाई गर्छन। उदाहरणका लागि हाम्रो छिमेकी राष्ट्र भारत र पाकिस्तानलाई लिन सकिन्छ।
हाम्रो बाउ बाजेले भन्ने गथ्र्यौ कि, “म्हे गेरी चाम जुला, च्येन्टे डोङबोरी तरी थोला” हो अहिले हामी त्यहि युगमा छौ।
संसारिक रुपमा अहिलेको संसारलाई हेर्ने तरिका हुन यीनिहरु। तर आत्मिक रुपमा वा बाइवलले यी र यस्ता घटनाहरुलाई कसरी व्याख्या गरेका छन् तरु बाइवलले यो कुरालाई अचम्मको रुपमा लिन्छन् कि समान्य रुपमारु माथि उल्लेख गरेका कुराहरुको बाइवल बेखवर थियो या पहिले नै थाहा थियोरु आज हामी यी कुराको अध्ययन गर्ने छौ।
बाइवलले यसलाई अचम्मको रुपमा विलकुलै लिएका छैनन् किनभने यो त उहाँले हजारौ वर्ष अगाडि नै भन्नुभएको थियो। कायौं वर्ष अघि नै बाइवलद्धारा परमेश्वरले भन्नुभएको थियो कि यो संसारको अन्त्य निश्चित छ, तर त्यो हुनु भन्दा अगाडि विभिन्न फरक किसिमका चिन्हाहरु देखा पर्नेछन्। राष्ट्र–राष्ट्र विरुद्धमा, छोराछोरी बाउआमा विरुद्धामा, एउटा भाई अर्को भाईको विरुद्धामा उठ्नेछन् भन्नु भएका छन्। देशहरुमा अनिकाल पर्नेछन्, भुकम्पहरु जानेछन् भन्नुभएका छन्।
लुका २१ः१० राष्ट्र, राष्ट्रका विरुद्धमा, राज्य राज्यको विरुद्धमा उठ्नेछ…………. यति मात्र होइन। मर्कुस २१ः१२ मा यसरी स्पष्ट रुपमा उल्लेख गरेका छन्। एउटा भाईले अर्को भाईलाई मृत्युको लागि सुम्पनेछ, र त्यसै गरी बाबुले छोरालाई, छोराछोरीहरु आमा–बाबुहरुको विरुद्धमा खडा हुनेछन् र तिनीहरुलाई मार्न लाउनेछन्।
मत्ती २४ः३२ ……… त्यसरी नै तिमीहरुले पनि जब यी सबै कुरा भएका देख्नेछौ तब ऊ नजीकै, ढोकामै छ भनी जान……. ऊ अर्थात अन्तीमका दिन, अन्त्यका दिन, प्रभु येशुको दोस्रो आँगमनको दिन……
यसको अर्थ के हुन्छरु यसको मतलब बाइवल अनुसार हामी अब कुन युगमा छौ तरु बाइवल अनुसार तपाई र म अहिले पवित्र आत्माको युगमा छौ अर्थात अन्त्यको दिन नजिक। प्रभु येशु ख्रीष्टको दोस्रो आगमनको नजिकको युगमा छौ। हामी आत्मीक युद्धाको युगमा छौ। जहाँ हाम्रो आत्मालाई बचाइराख्नु हाम्रो पहिलो आज्ञा हो भने अरुको आत्मालाई बचाउनु पनि हाम्रो पहिलो कर्तव्य हो। आमेन….. मैले यहाँ दुबै कुरालाई “पहिलो” भनेर उल्लेख गरेको छु। किनभने आफ्नो आत्मालाई नबचाई अरुलाई बचाउन सम्भव छैन। यसैले सबै भन्दा पहिला हामी आफ्नो आत्मालाई बचाउन र बचाइराख्न निकै महत्वपूर्ण छन्। दोस्रो, अरुको आत्मालाई बचाउनु पनि तपाई हाम्रो पहिलो कर्तव्य नै हो। यो दोस्रो प्रथामिकता होइन। पहिलो नै हो। येशु ख्रीष्टको महान आज्ञा हेर्ने हो भने उहाँद्धारा चुनिएकाहरुको पहिलो काम कर्तव्य भनेको संसार भरिका आत्माहरुलाई बचाउनु हो। उहाँले मत्ती २८ः१९ मा यसरी भन्नु भएका छन्, “।।।यसकारण जाओ, र सबै देशका जातिहरुलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिस्मा देओ,”
यो पवित्र आत्माको युग र आत्मिक युद्धाका युगमा हामी आत्मा बचाइसकेकाहरुको वा विश्वासीहरुको दुईवटा मुख्य काम कर्तव्य वा भुमिका हुन्छन्। पहिलो, आफ्नो आत्मालाई बचाइराख्नका लागि आज्ञाकारी जिवन जिउनु र दोस्रो अहिले सम्म आत्मा नबचेकाहरुको आत्मा बचाउनु हो। अर्थात बृहत रुपमा परमेश्वरको सु–समाचार सुनाउनु हो। दोस्रो काम कर्तव्यको बारेमा मैले तपाईहरुको बिचमा धेरै पटक बोली सकेको हुँदा आज हामी पहिलो कर्तव्यलाई मात्र यहाँ अध्ययन गर्नेछौ। अर्थात आज्ञाकारी जिवनको बारेमा हेर्ने छौ।
आज्ञाकारीता वा आज्ञाकारी भनेको के होरु आज्ञाकारी जिवन जिउनु भनेको के होरु आज्ञाकारी जिवन जिउनु किन महत्व छरु आज हामी मुख्यत आज्ञाकारी भएर जिउनु पर्ने तिन कारणहरु हेर्नेछौ।
साधारण भाषामा आज्ञाकारी जिवन जिउनु भनेको उहाँले दिनुभएको आज्ञाहरुलाई आत्मासाथ गर्दै उहाँकै इच्छा अनुसारको जिवन जिउनु हो। नाकि व्यक्तिको इच्छा अनुसार। आमेन।।। अनि यो जिवन जिउनु त्यति सजिलो छैन प्रीयाहरु। दाउद जस्तो शक्तिशाली राजा, सोलोमन जस्तो बुद्धिमानी राजाहरु पनि कति पटक चुकेको इतिहास जिवितै छन्। अन्त्यको दिन सम्म उहाँको आज्ञाकारीतामा स्थिर भएर जिवन जिउन किन महत्व छरु यसको उत्तर मत्तीको पुस्तकमा परमेश्वरले स्पष्ट रुपमा दिनुभएका छन्। मत्ती २४ः४२ “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरुको प्रभु आउनेछ, सो तिमीहरुले जान्दैनौ।”
४१, “त्यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ। दुई स्त्रीहरु जाँतो पिँधिरहेका हुनेछन् एउटी लगिनेछ, अर्की छोडिनेछ।”
दुइजना मध्ये एउटालाई उठाउनेछन् भने अरुलाई छोड्ने छन् भनेर यहाँ स्पष्ट रुपमै भनेका छन्। यसको एउटै मतलब के हुन्छ भने जो अन्त्यका दिन सम्म परमेश्वरको आज्ञा अनुसारको जिवन जिउन सफल हुन्छन् त्यसलाई परमेश्वरले उहाँ सँगै उठाउनेछन् भने आज्ञाकारी जीवन नजिउनेलाई छोड्नेछन्। यसैले हामी अन्त्यको दिन सम्म उहाँको वचनमा स्थिर रहनु पर्दछ। जागा रहनु पर्दछ। मर्कुसको किताबमा यसलाई अलि स्पष्ट गरिएका छन्। १३ः१३ मा हेर्ने हो भने यसरी स्पष्ट भनेका छन्। “।।।।। तर जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ।”
यसर्थ हाम्रो आत्मालाई अन्त्यको दिन सम्म बचाईराख्नको लागि हामी परमेश्वरमा आज्ञाकारीतका साथ जिवन जिउनु महत्वपूर्ण छन्।
दोस्रो, यो दुनियाँमा रहुन्जेल एक उदाहरणीय जिवन जिउनको लागि पनि उहाँको आज्ञाकारी भएर जिवन जिउनु पर्दछ। केहि उदाहरण ………. हामी धेरै जनाले व्यक्तिगत प्रार्थना गर्दा भन्ने गर्छौ कि, ‘प्रभु हामीलाई एक ख्रीष्टिय उदाहरण जिवन जिउन सक्ने क्षमतावान मानिसहरु बनाउनुहोस्।’ आमेन।।। ख्रीष्टिय जिवनको उदाहरण त्यति खेर हुन्छ जब हामी उहाँको आज्ञाकारी भएर जिउन सक्दछ। आमेन ।।। हामी विश्वासीहरु चर्च आउछौ, आफ्नो लागि, देशका लागि, छरछिमेकिको लागि प्रार्थना पनि गर्छौ तर कति पटक हामी ख्रीष्टिय उदाहरणको जिवन जिउन सकिरहेको हुदैनन्। परमेश्वरको आज्ञा अनुसार जिउन नसक्दा हामी असल उदाहरण नभई खराब उदाहरण भएर बाँचिरहेको हुन्छौ। बाइवलमा परमेश्वरले भन्नुभएको छन्, मत्ती ५ः४४ “तर म तिमीहरुलाई भन्दछु, आफ्ना शत्रुहरुलाई प्रेम गर, र तिमीहरुलाई सताउनेहरुका निम्ति प्रार्थना गर।” आज सोचौ, के हामी परमेश्वरको यो आज्ञाअनुसार बाँचीरहेका छौरु कि अख्रीष्टियन वा अविश्वासी भन्दै उनिहरुको घरमा जान पनि गरो मानिरहेका छन्रु तपाईले परमेश्वरको आज्ञालाई पालन गरिरहनु भएका छन् कि उल्लंघन विचार गरौं।
मानिसहरुको बिचमा एक ख्रीष्टिय उदाहरणको जिवन जिउनका लागि परमेश्वरको आज्ञाको साथ साथमा उनिहरुलाई ख्रीष्टिय प्रेम देखाउन नितान्त आवश्यक छन्। उनिहरुको नजरमा हामी असल नदेखे सम्म कसरी उनिहरुलाई विश्वासमा हामीले जित्न सकिन्छरु पत्रुसले त्यति खेरका रोमी सम्रज्याका ख्रीष्टियनहरुलाई लेखेको पत्रमा यसरी उल्लेख गरेका छन्, १ पत्रुस २ः१२ “अन्य जातिहरुका बिचमा तिमीहरुको चालचलन असल होस्। कसैले तिमीहरुलाई कुकर्मी भनि तिमीहरुका विरुद्धमा बोले तापनि तिनीहरुले तिमीहरुका असल कामहरु देखुन्, र आगमनको दिनमा तिनीहरुले परमेश्वरको महिमा गरुन्।” यहाँ पावलले स्पष्ट रुपमा हाम्रो विरोधीहरुले हाम्रो असल कामहरुका कारण परमेश्वरको महिमा गरुन् भन्नुभएका छन्। यसको स्पष्ट अर्थ यो होकि हामी उहाँको आज्ञाअनुसार एक असल जिवन जिउनु पर्दछ, ताकि हामीलाई देखेर मानिसहरु परमेश्वरमा आउन सकोस्। आमेन।।। यसैले परमेश्वरको आदेशअनुसार उहाँको आज्ञाअनुसारको जिवन जिउन नितान्त आवश्यक छन्।
तेस्रो, गाउँ घरमा एउटा भनाई छ, ‘आमा बुवा राम्रो भए पो छोरा छोरी पनि राम्रो हुन्छरु’ त्यति खेर यसको ठिक अर्थ खासै थाहा थिएन, तर अहिले आएर बल्ला बुझ्यो कि तपाईले गरेको पाप वा धर्मले तपाईको छोराछोरीलाई पनि असर गर्छन भनेर। अर्को अर्थमा, तपाईले आज गरेको कर्मले तपाई पछि आउने तपाईको सन्तानहरुलाई असर गर्ने छन् भन्नु हो। यो अर्थमा यदि तपाईले यो जुनिमा परमेश्वरको आज्ञाकारी भएर परमेश्वरको नजरमा असल कामहरु मात्र गर्नु भयो भने आफ्नो आत्मा त बचाउछ नै, मानिसहरुको बिचमा उदाहरण जिवन जिउछ नै तर तपाईको आउने सन्तानहरु समेत परमेश्वरको आशिषको हकदर बन्नेछन्।
पुरानो नियममा दाउद राजा र उनको छोरा सोलोमन राजा निकै प्रख्यात परमेश्वरद्धारा चुनिएका राजाहरु हुन्। दाउद राजा परमेश्वरको आज्ञाकारीको एक ज्वालन्त उदाहरण हुन। उहाँले आफ्नो जिवनकाल भरि एकचोटि मात्र परमेश्वरको नजरमा गल्ती गरेका कुरा बाइवलमा उल्लेख गरेका छन्। दाउद राजाले उक्त गल्तीको परमेश्वरको सामु ठुलो पश्चाताप गरेका थिए।
बाइवलको इतिहासमा सोलोमन राजा सबै भन्दा बढि बुद्धिमानी राजा मानिन्छन्। उहाँको बुद्धिका र ज्ञानका कुराहरु सुन्नलाई अन्य देशका राजाहरु आउने गरेको कुरा बाइवलमा उल्लेख गरेका छन्। उनि परमेश्वरबाट चुनेका जन थिए। परमेश्वरद्धारा प्रशस्त गरि आशिषित थिए। तर उहाँले विस्तारै परमेश्वरको नजरमा गल्तीकामहरु गर्दै गए। परमेश्वरको आज्ञाहरुलाई उल्लंघन गर्दै गए। आफ्नो बुवा दाउद जस्तै प्रख्यात भए पनि उनि परमेश्वरको श्रापित पात्र भए। तर पहिलो राजा एघारको एघार तिर हेर्ने हो भने यसरी उल्लेख गरेको हामी पाउछौ। १राजा ११ः११–१३ “यसकारण परमेश्वरले सोलोमनलाई भन्नुभयो, तेरो मन यस्तै भएको हुनाले र मेरो करार र मेरा विधिहरु, जो मैले तँलाई आज्ञा गरेको थिए, ती पालन नगरेको कारण म निश्चय नै यो राज्य तँबाट खोसेर तल्लो दर्जाको एक जनालाई दिनेछु। तापनि तेरो पिता दाउदको खातिर यो तेरै जीवनकालमा चाहिँ म गर्नेछैन। म यो राज्य तेरो छोराको हातबाट खोस्नेछु। तापनि त्यसबाट सबै राज्य त खोसिनेछैन, तर मेरो दास दाउदको र मैले छानेको शहर यरुशलेमको खातिर म एउटा कुल त्यसलाई दिनेछु।”
यो पद पानी जस्तै छर्लङ छन्। दाउद राजाले गरेको असल कामले गर्दा सोलोमन राजाको गल्ती हुँदा हुदै पनि उसको जीवनकालसम्म परमेश्वरले उसको हातबाट राज्य खोसिने छैन भन्नु भएका छन्। ९पहिलो राजाको किताब सबै पढ्ने हो भने परमेश्वरको यो वचन पुरा भएको हामी देख्न पाउछौ। फलस्वरुप सोलोमनको विरुद्ध परमेश्वरले यारोबामलाई राजा बनाए। र सोलोमनको मृत्यु पछि उहाँको छोरो रहबामको हातबाट इस्राएल खोसेर यारोबामलाई दिए। तर उहाँले प्रतिज्ञा गर्नु भए झै यहूदा चाहि सोलोमनको छोरा रहबामलाई नै दिए।०
यसैले आज तपाई र मैले गरेका राम्रा र नराम्रा कामहरुको सजायको भोगी हाम्रा सन्तानहरु पनि हुनेछन्। यसर्थ आजको दिनबाटै हामी परमेश्वरको आज्ञाकारी भएर जिउनु सक्नु पर्दछ। होइन भने तपाई र म पछि आउने सन्तानहरुले हामीले गरेका पापहरुको सजाय भोग्नेछन्। परमेश्वरले आदेश दिएबमोजिम होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरु मानेर उहाँको आज्ञा पालन ग¥यो भने, उहाँबाट हामी मात्र नभई हामी पछि आउने सम्पूर्ण सन्तानहरु पनि आशिष् हुनेछन्। व्यवस्थाको पुस्तकमा हेर्ने हो भने परमेश्वरले यसो भनेको हामी पाउदछौ। २८ः४ तिमीहरुका सन्तानमाथि आशिष पर्नेछ, हाम्रो सन्तान मात्र नभई हाम्रो हरेक काम कार्यहरुमा पनि आशिष दिनुहुन्छ भनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको छन्। ४।।।। साथै खेतका उब्जनीमाथि, गाई बस्तुका बाछा–बाछीमाथि, भेडाबाख्राका पाठापाठीमाथि।
यदि हामीले उहाँले आदेश दिएबमोजिम परमप्रभुका सबै आज्ञाहरु पालन गरेन भने हाम्रो सन्तानमाथि, काम कार्यहरु माथि उहाँले श्राप दिनुहुनेछन्। २८ः१८ तिमीहरुा सन्तानमाथि, साथै खेतको उब्जनीमाथि, गाईबस्तुका बाछा–बाछीमाथि, र भेडाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ। ९व्यवस्था २८ सबै पढ्नु होला०
यसकारण आज बिहानी हामी सबैले एकचोटि सोचौ हामी कसरी बाँचीरहेका छौ। परमेश्वरको आज्ञाअनुसार वा आफ्नै इच्छा अनुसाररु हामी परमेश्वरबाट चुनिएकाहरु हौ भन्दै गर्दा, के हामीले आफ्नो आत्मालाई बचाइरखेका छन्रु के हामीले मानिसहरुको सामु उदाहरणीय जिवन बिताइरहेका छौरु के हामीले आफ्ना भावी सन्तानहरुको लागि परमेश्वरमा ईनाम बनाइरहेका छौ तरु आज विचार गरौ। आज एकचोटी परमेश्वरलाई साक्षी राखेर आफ्नो आत्मालाई सोधौ, तपाई कस्तो जिवन बिताइरहनु भएका छौ भनेररु
तपाई हामी सबैलाई परमेश्वरले आशिष दिऊन्। आमेन।
नोट : शनिवार नियमित सेवा संगतीमा रेशम तामाङद्धारा बाँडिएको वचनको अंश।