ख्रीष्टियन अगुवाहरुमा देखेका कमजोरी र बढ्दो भाग्यवाद
अफिसको कामका सिलसिलामा केहि समय अघि नुवाकोटको केहि गा।वि।स, शिन्धुपाल्चोक र दोलखाका केहि गाउँ र मेरो आफ्नै जिल्लाका केहि गाविसहरु जाने अवसर पाएको थियो। विदाको समयमा त्यहाँका स्थानियहरु सँग समय बिताउने क्रममा त्यहाँका ख्रीष्टियनहरुलाई भेटे। आफु पनि ख्रीष्टियन धर्ममा विश्वास गर्ने भएर होला मैले उहाँहरुको विश्वासको बारेमा बुझ्ने धेरै कोसिस् गरे। जब उहाँहरुको धर्म प्रतिको बुझाई देखे म तिन छक्क परे।
म मान्छु कि धर्म भनेको एक अदृश्य शक्तिलाई सबै थोक हो भनि विश्वास गर्नु हो। यो सजिलो भने होइन। तर जब मैले त्यहाँका ख्रीष्टियन अगुवाहरु सँग बुझ्ने कोसिस् गरे समस्य उहाँहरुमा थियो, हो अगुवाहरुमा। उहाँहरुको जीवन मण्डली केन्द्रित जीवन थियो। उहाँहरुले यसरी शिक्षा दिनुभएको थियो कि मानौं यो “संसारमा मण्डलीमा जानु बाहेक अरु केहि गर्नु पर्दैन। संसारमा ख्रीष्टियन भन्दा अरु मानव नै छैन। उहाँहरुको विश्वास यस्तो थियो कि, संसारीक रुपमा हुने कुनै पनि कार्यक्रममा जानु भनेको सिधै परमेश्वरको अपहेलना गर्नु हो, परमेश्वरको आज्ञा उलंघन गर्नु हो। अख्रीष्टियनहरुको कार्यक्रममा वा मर्दा पर्दा जानु भनेको पाप हो, अधर्म हो।”
आत्मिक रुपमा यो असल जस्तो सुनिए पनि वा देखिए पनि हामी शारारीक रुपमा संसारमा छौ भन्ने कुरालाई नजर आन्दाज गर्नु खोज्नु कुनै पनि तरिकाले बाइबलिया ९द्यष्दष्अिब०ि हुन सक्दैन। बाइवलमा ‘तिमीहरु‘पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ’ भनेका छन्। के हाम्रो साक्षीत्व यहि होरु अख्रीष्टियनहरुलाई नजर आन्दाज गर्नका लागि हामीलाई साक्षी चुनेका हौ ररु
अझ अचम्मको कुरा त, एउटा गाउँमा एकजना अगुवाको अफन्त बित्नु भएछ, अरु अगुवाहरुको कुरै छोडौ तर खुद उहाँ नै नगएको भनेर पनि थाहा पाए। के प्रभु येशुले भन्नु भएको ‘आफ्ना शत्रुलाई प्रेम गर’ को अर्थ यहि होरु येशु ख्रीष्टले जुन हिसाबले प्रेमको बारेमा वर्णन गर्नु भएको छ यदि त्यसलाई व्याख्या गर्ने हो भने अनागिन्ती किताब बन्छन् तर के हामीले सिकेको प्रेम अरुलाई इन्कार गर्नु होरु के येशुले भन्नु भएको प्रेम यहि होरु कसैलाई इन्कार गर्नु बाइवलको कुनै पदले न्याय गर्दैनन्। बाइवलले भन्दछन्, ‘‘ आफूले देखेको आफ्नो भाईलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्वरलाई प्रेम गर्न सक्दैन।’ शिक्षाको कमिका कारण हामीले परमेश्वरको वचन र योजनालाई मानिसहरुको बिचमा एक मजाकको बिषय वस्तु बनाएका छन्।
कति जना म सँग विमती होला तर माफ गर्नु होला जुन तरिकाले अहिले ख्रीष्टियन भित्र धर्मलाई अँगाल्दै छन् वा बुझ्दैछन् निकट भविष्यमा ख्रीष्टियनहरु सबै भन्दा धर्मको अन्धोविश्वास नहोला भन्न सकिन्न। अगुवाहरुमा भएको शिक्षाको कमिले गर्दा जुन चस्मा लाएर उहाँहरुले धर्मलाई बुझ्नु भएको छ त्यो बाइवलले भनेको सार सँग ठ्याक्कै मिल्दैनन्। उहाँहरुको चस्माको लेन्स कुनै सफ्टवेयर अपडेड गरे झै अपडेट हुन आवश्यक छ। डोरबहादुर बिष्ट नमरेको भए जसरी उहाँले हिन्दु भित्रको भाग्यवादलाई लिएर नेपालीहरु अल्छी भएका कुरालाई व्याख्या गर्नु भएको थियो त्यसरी आज ख्रीष्टियनहरुलाई व्याख्या गर्थे होलान्।
गाउँ तिरको अगुवाहरुले जुन चस्माको लेन्स अहिलेको युवाहरुको दिमागमा इन्स्टल गर्दै हुनुहुन्छन् यदि त्यो त्यसरी नै चल्न दिने हो भने भविष्यमा हामी ख्रीष्टियनहरु जतिको भाग्यवादी धर्म अरु हुने छैन। उहाँहरुको विश्वास वा आस्था प्रति मेरो कुनै अपत्ती होइन तर अध्यात्मीक जीवन र संसारीक जीवन बिच सन्तुलन हुनु पर्छ भन्ने मेरो तर्क हो। धेरै जसो गाउँ तिरको अगुवाहरुको जीवनमा यो विलकुलै देखिदैनन्। फलस्वरुप सेवाकाई गरेको कायौं वर्ष पछि विभिन्न कारणले मण्डली त्यागेर विदेश गएका, पति पत्नि विछोड भएका र छोरा छोरीलाई संसारीक ज्ञान नभएका जस्ता धेरै उदाहरणहरु हामी पाउदछौ।
अर्कोतर्फ बाइवलको सारलाई गलत तरिकाले कार्यन्वयन गर्नले गलत शन्देस प्रवाह हुन सक्छ भन्ने मेरो तर्क हो। बाइवलको शिक्षा सरल र असल छन्। तर जुन हिसाबले धेरै ख्रीष्टियनहरुले बुझेका छन् त्यो विलकुलै गलत छन्। बाइवलको कुन पदले आफ्नो अफान्तकोमा जान हुदैन भनेर सफाई दिन्छन्रु बाइवलको कुन पदले संसारको मानिसहरुसँग हामीले संगत गर्न हुँदैन भनेर तर्क गर्छनरु बाइवलको कुन पदले ख्रीष्टियनहरुले औषधी सेवन गर्न हुदैन भनेर प्रमाणीत गर्छनरु बाइवलको कुन हरफले हामी संसारको कार्यक्रमहरुमा जान हुँदैन भनेर निषेध गरेका छन्रु यो सब हाम्रो बुझाईको लेन्सले गर्दा हो। अषढ, श्रावणमा आँखा फुटेको गुरुले सँधै सबै हरियाली देख्छन् भने झै जब सम्म हामीले हाम्रो बुझाईको लेन्सलाई फेर्न वा अपडेड गर्न सक्दैन तब सम्म हामी प्रभु येशुको साक्षी होइन तर उहाँको शत्रु झै जीउने छौ। विडम्पनाको कुरो त मरे पछि स्वर्ग पुग्ने मिठो सपनाले वर्तमान जीवनलाई नरकिया बनाएका छन्।
बाइवलको मूख्या शिक्षा भनेको परमेश्वरको भय मान्नु, उहाँमा सारा मन र हृदयले विश्वास गर्नु, आफ्नो छिमेकीलाई वा संसारलाई नै आफुलाई झै माया गर्नु, आज्ञाकारी हुनु, क्षमा दिनु र लिनु, प्रभु येशुको असल तरिकाले प्रचार गर्नु, उहाँको असल साक्षी बन्नु, झुटो नबोल्नु, हत्या नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, ठुलोको आदर गर्नु, दिन दःखीलाई सहयोग गर्नु, दिनमा कन्जुस्याई नगर्नु आदि इत्यादि हुन््।
यदि यी शिक्षालाई हामीले असल तरिकाले आँगल्ने हो भने यहाँ स्वर्ग झै हुन्छन् तर विडम्पना कति ठाउँमा ख्रीष्टियनहरुकै कारण समाजमा झगडा भएको धेरै उदाहरणहरु छन्। पावलले आफ्नो पत्रमा ‘हामी ख्रीष्टका राजदूतहरु हौं’ भनेका छन्। राजदुतको अर्थ दुई देश वा दुई पक्षबिच शान्ति गराउनु हो, मिलाप गराउनु हो। झगडा गराउनु होइन। यसको मतलब परमेश्वर र संसारका मानिसहरुको बिचमा मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनुभएको छ।
काम कुरो एका तिर कुम्लो बोकि ठिमी तिर भने झै हामी आफ्नै व्यक्तिगत स्वर्थको लागि परमेश्वरको आज्ञालाई भन्दा अरु नै थोकलाई प्राथमिकता दिएर उहाँको इच्छा अनुसार होइन तर आफ्नै इच्छा अनुसार चल्दै र चलाउदै छन्। पावलले उबेलाको रोमीका ख्रीष्टियनहरुलाई पत्र लेख्ने क्रममा भनेका थिए, ‘अन्यजातिहरुका बीचमा परमेश्वरको नाउँ तिमीहरुद्धारा नै निन्दित भएको छ।’ आज यो पंक्ति ख्रीष्टियन समुदायमा पनि चरितर्थ भएका छन्। हामी वचनले भन्न खोजेको कुरालाई बुझ्ने भन्दा जसरी आफुलाई बुझ्न मन लाग्छ त्यसरी बुझ्छौ वा बुझ्न मन पराउछौ। जसले गर्दा परमेश्वरको इच्छाले नभई धेरै कुरा हाम्रो इच्छाले गर्दा भएका छन्।
केहि महिना अघि बाइवलमा एजम् गर्नु भएको एक अमेरिकान पाष्टर सँग केहि दिनको लागि काम गर्ने अवसर मिलेको थियो, यहि क्रममा उहाँले रेशम, अब मण्डलीमा शिक्षित अगुवाहरु हुन जरुरी छ, यदि त्यसो हुन सकेन भने मण्डली स्वतस्फुर्त चल्न र चलाउन गरो हुनेछ भन्नुभएको थियो। जुन कुरामा म सत प्रतिशत सहमत छु। बाइवलको शिक्षा भन्दा अरु शिक्षा ठुलो हो भन्ने मेरो तर्क विलकुलै होइन तर जब सम्म हामीले आफ्नो चस्माको लेन्स समयअनुकुल परिवर्तन गर्न सक्दैनन् तब सम्म अध्यात्मिक जीवन र संसारिक जिवन सन्तुलन गर्न सक्दैनन्।
शिक्षाको कमजोरी कै कारणले विशेष गरी गाउँघरका अगुवाहरुले आफ्ना बालबच्चाहरुलाई र विश्वासीहरुलाई सिमित घेरा वा सिमा बनाइदिएका छन्। हामीले बच्चाहरुलाई असल शिक्षा दिने हो सिमा होइन। बाइवलले भन्दछ, ‘समझशक्तिले तेरो रक्षा गर्नेछ।’ हो हामीले उनिहरुलाई समझशक्ति दिने हो नाकि बन्देजहरु। चुरोट नखानु भन्नु र चुरोटबाट हुन सक्ने बेफाइदाहरु र स्वास्थ्यमा पर्न जाने असरहरुको व्याख्या गरिदिनुमा धेरै फरक छन्। हामीले आफ्नो बालबच्चाहरु वा मण्डलीका विश्वासीहरुलाई बारम्वर बाइवलको शिक्षा दिने हो नाकि उनिहरुको जीवनमा सिमा।
बाइवलले भन्दछ, ‘परमप्रभुको भय नै ज्ञानको सुरु हो’ हो परमेश्वरको भय मान्नु राम्रो मात्र नभई अति राम्रो हो तर गाउँघरको मण्डली तिर यसरी डर देखाएका छन् मानौ मण्डली एक ‘भुत घर’ हुन। जहाँ अगुवाहरु भुत घरको कारिन्दा हुन्। कहिले कहि आज भोली फेसबुक तिर आउने शन्देसहरु जस्तै लाग्छन्। देख्ने बितिकै लाईक नगरेमा नराम्रो हुनेछन्, यो शन्देस १० जनालाई पठाएमा तिन दिन भित्र शुभ समाचार हुने र नपठाएमा भोली बिहान सम्ममा अनिष्ठा हुने। यस्तै यस्तै।
मण्डलीहरुमा बिश्वासीहरुलाई बाइवलीया ज्ञानको साथ साथमा संसारीक ज्ञानमा पनि अघि बढाएर उनिहरुलाई अरु भन्दा प्रतिस्पर्धात्मक बनाउनुको सट्टा आज कायौं अगुवाहरु बिभिन्न असुहाउदो पद दाबि गरेर उनिहरुलाई सिमा कोर्नमा व्यस्त छन्। जसले गर्दा जुन गतिमा उनिहरुको ज्ञान बढ्नु पर्ने हो त्यो गतिमा बढ्न पाएका छैनन्। उनिहरुको वरदानको क्षेत्रअधिकार अगुवाहरुले सिमित बनाई दिएका छन्। यसले कलान्तरमा भाग्यवादलाई प्रोत्साहन दिने देखिन्छन्। अगुवाहरुले आफ्नो विश्वासीहरुलाई उनिहरु हिड्नु पर्ने बाटोका निम्ति तालिम दिने हो बाटो छेक्ने हैन। जसरी लेखिएका छन्, ‘बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।’
प्रभु येशुको आज्ञा अनुसार सुसमाचार सुनाउनु हाम्रो कर्तव्य हो तर सु–समाचार सुनाउनु भनेको घर – घरमा गएर कसैलाई जवरजस्ती सुनाउनु होइन। तपाईको जीवन नै एक खुल्ला सुसमाचार हो। तपाईको जीवन पद्दती हेरेर तपाईको वरिपरि रहेकाहरुले सिकिरहेका हुन्छन्। जसरी लेखेका छन्, ‘‘ वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं।’ माहात्मा गान्धीले आफ्नो आत्मा कथा ‘सत्य सँग मेरो परिक्षण’ ९ःथ भ्हउभचष्mभलतक धष्तज त्चगतज० मा आफु बेलायतमा हुँदा सँधै मण्डलीमा निरन्तर गए पनि ख्रीष्टियनहरुले सधै मन नपर्ने गरि सुसमाचार सुनाएका कारण ख्रीष्टियन प्रति नकारात्मक सोच भएको अप्रत्यक्ष रुपमा वर्णन गरेका छन्। अनि आज हाम्रो यस्तै व्यवहारका कारण कति पटक ढोकामा आइसकेका आत्माहरुलाई धकेली पठाएका छन् भने कति पछि पतन भएर गएका छन्। प्रेरित पावलले भनेका छन् ‘‘ बाहिरकाहरुसँग बुद्धिमानसाथ व्यवहार गर।’ खै हामी बुद्धिमानी भएकोरु
गाउँघर तिर मात्र नभई आज भोली धेरै जसो मण्डलीका अगुवाहरुको जीवन मण्डली केन्द्रित जीवन पद्दती छन्। म विश्वास गर्छु कि जसको जीवन मण्डली केन्द्रित छन् उहाँहरुको लागि मण्डली जानु अध्यात्मीक जीवनको पर्यावाची कार्य होइन। यहाँ यस्ता अगुवाहरु वा विश्वासीहरु छन् जो मण्डलीको आराधना र विभिन्न परियोजनामा यति व्यस्त हुन्छन् कि उनीहरु आफु वरपर रहेका मानव आवश्यकताप्रति असंवेदनशील हुन्छन् र उनीहरु यहि कुरामा गहिरो रुपमा विश्वास गर्ने दाबी गर्छन। फलस्वरुप समाजीक कार्यहरुमा उनिहरुको उपस्थित शुन्य प्रायः हुन्छन र आफ्नो परिवारलाई दिनु पर्ने समय दिइरहेको हुदैनन्।
पाष्टर तथा लेखक लाजरस थुलुङले परिवार सम्बन्धी आफ्नो किताब ‘स्वस्थ विवाह र परिवार’मा पति पत्नी बिच द्वन्द्व आउने कारण ‘कमजोर सञ्चार’लाई नम्बर एकमा राख्नु भएको छ। उहाँले यहोशूमा भएको रुबेनी, गादी र मनश्शेको कुलले बनाएको बेदी बारेमा इस्राएलीहरुले सुनेको गलत सञ्चारका कारण इस्राएलीहरु युद्ध गर्न सिलोमा भेला भएको कुरालाई उल्लेख गरेर तर्क गरेको छ। इस्राएलीहरुले सुनेको समाचार गलत थियो यहि गलतलाई चिर्न राम्रो सञ्चार नभएकै कारण युद्धको निम्ति उनीहरु तयार भएका थिए। कति पटक पतिहरु मण्डलीमा दिन भर काम गरेर बेलुका घर फर्किदा थाकेका हुन्छन्। उनीहरु आराम गर्न खोज्छन् तर ठिक विपरित दिन भरि घरमै बसेको आफ्नो पत्नी भने पति सँग बोल्ने चाहना गर्छन्। यहि सानो कुरालाई बुझ्न नसक्दा धेरै अगुवाहरुको घरमा अशान्ति भइरहेको हुन्छन्।
विडम्पनाको कुरा चाहि आफ्नो पत्निलाई दिनु पर्ने समय नदिएर शैतानले परिक्षा ल्यायो भनि उल्टै मण्डलीमा उपवासको साथ प्रार्थना गर्न जान्छन्। शैतानलाई दोष दिन्छन्। प्रार्थना गर्नु असल हो तर आफ्नो बुढिको इच्छालाई नबुझ्नु शिक्षाको अभाव नै हो। एक रिसर्चले पुरुषहरु सालाखाला १२००० र स्त्रीहरु २५००० जति शब्दहरु प्रतिदिन बोल्दछन्, भनेर देखाएका छन्। दिन भरि घरमै बसेर बेलुका वा बुढासँगै हुँदा बोल्न चाहने आफ्नो पत्निलाई समय दिनु पर्छ भन्ने सानो ज्ञान नराख्दा नबेहोर्नु पर्ने समस्य बेहोरिरहेका हुन्छन्। जुन धेरै जसो मण्डली केन्द्रित अगुवाहरुको साथमा भएका देखिन्छन्।
मण्डली केन्द्रित जीवन पद्दती भएका अगुवाहरुले सानो तिनो व्यवहारीक कुराहरुलाई नजर आन्दाज गर्दा धेरै जसो घरवार जोखिममा परेका देखिन्छन्। जसले गर्दा प्रभु येशुले भन्नुभएको साक्षी त हुन सकेन तर उल्टै उसको जीवन पनि समस्यको खाल्डोमा परिहेका हुन्छन्। डरलाग्दो सत्य चाहि उनीहरुले आफ्नो बालबच्चालाई दिनु पर्ने समय पनि दिएको देखिदैनन्। परिवारको नमुना प्रस्तुत गर्ने जिम्मेवार पतिको हो तर कति पटक अध्यात्मीकम जीवन र संसारीक जीवनलाई सन्तुलन गर्न नसक्दा आफ्नो परिवारलाई दिनु पर्ने मूल्यवान समय शैतानले खोसिरहेका हुन्छन्। जसले गर्दा छोरा छोरीले बढ्दा समय त्यो व्यक्तिहरुसँग बिताउछन् जसलाई नत बाइवलको ज्ञान छ नत परिवारको ज्ञान। फलस्वरुप कति पटक पाष्टरहरुको छोरा छोरी नै लागुपदार्थ दुव्र्यसनीमा फसेका उदाहरण ख्रीष्टियन समुदायमा प्रशस्त छन्।
हामी बालबच्चालाई अनुशासन र उनिहरुलाई सहि तालिम दिनुको सट्टामा गलत गरेको भनेर गाली गर्छौ। युवाआवस्थामा प्रकृतिक रुपमै उनिहरु गलत र सहि पत्ता लगाउनुको सट्टामा नयाँ–नयाँ कुराहरुको खोजी गर्ने, नयाँ अनुभव लिन मन पराउने खालको हुन्छन्। यसर्थ हाम्रो कर्तव्य भनेको उनिहरुलाइ सहि बाटो देखाउनु हो र उनिहरुलाई त्यसमा अनुशासन हुन सिकाउनु हो। हितोपदेशमा भनेका छन् ‘बालकहरुलाई अनुशासन दिन नरोक’ तर धेरै जसो अगुवाहरुलाई परमेश्वरको आराधना गर्न बाहेक अरु थोकको लागि फुर्साद कहाँ मिल्छ ररु हितोपदेश लेखक राजा सोलोमनले छडी भन्ने शब्द प्रयोग गरेका छन् ‘छडि नचलाउने बाबुले आफ्नो छोरालाई घृणा गर्छ ‘ त्यसलाई प्रेम गर्ने बाबुले होसियारीसाथ त्यसलाई ताड्ना दिन्छ।’ छडिको प्रयोग आज्ञा होइन तर अनुशासनको अन्तिम उपाय हो।
प्रभु येशु ख्रीष्टले हामीलाई ‘तिमीहरु संसारको ज्योति हौ’ भन्नु भएको छ। तर आज एकचोटि आँखा चिम्लेर विचार गरौं के साँचिकै हामी यो संसारको ज्योति भएका छौ तरु यतिमात्र होइन उहाँले हामीलाई ‘तिमीहरु पृथ्वीका नून हौ’ भन्नु भएको छ। नुनको काम भनेको हरेक परिकारलाई स्वाद दिनु हो। मिठो बनाउनु हो। के आज हामी हरेक परिवारलाई, समुदायलाई उनीहरुको जीवनको स्वाद दिन सक्षम भएका छन् तरु विचार गरौं।
याद गर्नु होला तपाईको जीवन एक बिच सडकमा राखेको खुल्ला सुसमाचार हो। परमेश्वरको साक्षी बन्ने, नबन्ने तपाईको आफ्नै छनौट हो। ख्रीष्ट येशुको राजदुत बन्ने नबन्ने छनौट तपाइकै हो। बुद्धिमानी भएर जिउनु हुन्छ या निर्बुद्धि भएर त्यो पनि तपाइकै छनौट हो। तर उहाँको आज्ञा पालन गर्नु तपाईको छनौट होइन आदेश हो। उहाँले भन्नुभयो, ‘हामी प्रत्येकले आफ्नो छिमेकीको आत्मिक सुधार होस् भनेर तिनको भलाईको लागि तिनलाई प्रसन्न राखौं।’ यो आदेशलाई कसरी पालन गरिरहनु भएको छ एकचोटी विचार गरौं। तपाईको जिवन पद्दती कसैको आत्मीक उत्साहको उदाहरण होस् नाकि मृत्यूको बाटो।